बाख्रा चराउन गएका बुवा-छोरा बैतडीको झुलाघाट पारीबाट महाकालीमा बेपत्ता

  शनिबार ०९, भदौ २०८० १४:३१

 बैतडी । बैतडीमा महाकाली नदीमा खसेर बुवा-छोरा बेपत्ता भएका छन् । सीमावर्ती बजार झुलाघाटमा बाख्रा चराउन गएका बुवा, छोरा महाकाली नदीमा बगेर बेपत्ता भएका हुन् ।

शुक्रवार दिउँसो बाख्रा चराउन महाकाली नदी किनारको मशान घाटमाथिको पहाडमा गएका भारत, पिथौरागढ जिल्ला अन्तर्गत झुलाघाट बजारका ४४ वर्षीय सन्तोष चन्द र उनका ६ वर्षीय छोरा तनुज बेपत्ता भएको प्रहरीले जनाएको छ ।

चन्द आफ्नी पत्नी लीलावती र छोराका साथमा बाख्रा चराउन गएका थिए । एक्कासी पहाड माथिबाट खसेको ढुंगा लागेर दुवै जना महाकाली नदीमा खसेर बेपत्ता भएका हुन् ।

उनीहरूको खोजी भइरहेको  झुलाघाट थानाका सब इन्सपेक्टर अर्जुन सिंह राणाले बताएका छन्। काली नदी किनारका कानडी, बलतडी, सपतडी र पंचेश्वरसम्मका क्षेत्रमा घटनाको जानकारी गराएर खोजि कार्य भइरहेको राणाले जानकारी दिए । 

clock शनिबार ०९, भदौ २०८० १४:३१

प्रतिक्रिया