सुदूरपश्चिमका यी ८ जना प्रतिवादी मुछिए ललिता निवास जग्गा प्रकरणमा (सुचिसहित)

  शनिबार ०९, भदौ २०८० १०:१९

धनगढी। ललिता निवास जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सुदूरपश्चिमका ८ सहित २८६ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउन सिफारिस गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आफ्नो अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको छ।

प्रतिवेदनमा सरकारी जग्गा हिनामिनामा संगठित रुपमा कीर्ते गरेको आरोपमा सीआईबीले सुदूरपश्चिमका ८ सहित २८६ जनालाई प्रतिवादी बनाउन राय दिएको हो । यो प्रकरणमा पूर्वमन्त्रीदेखि कर्मचारी, व्यापारी र बिचौलियालाई प्रतिवादी बनाउन राय दिइएको छ । अनुसन्धान प्रतिवेदनमा सुदूरपश्चिम घर भएका ८ जनालाई प्रतिवादी बनाउन सिफारिस गरिएको छ।

सिआइबीले दार्चुला घर भएका पूर्वभूमिसुधार तथा व्यवस्था मन्त्री चन्द्रदेव जोशी, बैतडीको पाटन नगरपालिका वडा नम्बर ६ घर भएका तत्कालीन भूमिसुधार तथा व्यवस्था मन्त्रालयका सचिव छविराज पन्त र डडेल्धुराको अजयमेरु गाँउपालिका वडा नम्बर ३ घर भएका भूमिसुधार तथा व्यवस्था मन्त्रालयका तत्कालीन सह–सचिव तेजराज पाण्डेलाई प्रतिवादी बनाउन राय दिएको छ।

यस्तै, कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर १ घर भएका नापी कार्यालय डिल्लीबजारका तत्कालीन अमिन कर्णबहादुर चन्द, डोटीको बडीकेदार गाँउपालिका वडा नम्बर ४ घर भएका गुठी संस्थान केन्द्रीय कार्यालयका तत्कालीन उप प्रशासक हरिप्रसाद जोशी, दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ घर भएका मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन नासु प्रकाशनारायण भट्ट र दार्चुलाको मर्मा गाँउपालिका वडा नम्बर १ घर भएका गुठी संस्थान शाखा कार्यालय काठमाडौंका सहायक द्वितीय डबलसिंह ठगुन्नालाई प्रतिवादी बनाउन सिआइबीले राय दिएको छ।

उनीहरुलाई फरार सूचीमा राखिएको छ। डोटीको पुर्वी चौकी १ फुलौट घर भई काठमाण्डौँमा भुमि सुधार तथा ब्यवस्थापन बिभाग तत्कालिन निर्देशक पस्पराज उपाध्यायको २०७६ सालमा मृत्यु भैसकेको छ। उनलाई पनी प्रतिवादी बनाइएको छ। यसैबीच सरकारी वकिलको कार्यालयमा बुझाइएको प्रतिवेदनमा मृत्यु भइसकेका २१ जना प्रतिवादीहरुको विवरण पनि समेटिएको छ । अनुसन्धान सकेर सिआइबीले मंगलबार जिल्ला सरकारी वकिल कार्यालयमा रायसहितको प्रतिवेदन बुझाएको छ।

सुचि हेर्नुहोस तल 

clock शनिबार ०९, भदौ २०८० १०:१९

प्रतिक्रिया