महाकालीमा पानीको बहाव बढ्यो, शारदा ब्यारेजमा सवारीसाधन आवागमनमा रोक

  शनिबार ०९, भदौ २०८० १०:००

धनगढी । अविरल वर्षापछि महाकाली नदीमा पानीको बहाव बढेको छ । बहाव बढेसँगै शारदा ब्यारेजको बनबासा पुलमा चार पांग्रे सवारी साधन आवागमनमा रोक लगाइएको छ ।

बिहीवार साँझदेखि नै पुलमा चार पांग्रे सवारी साधन आवागमनमा रोक लगाइएको स्थानीय प्रशासनले जनाएको छ ।

महाकालीमा पानीको बहाव १ लाख १० हजार २९० क्यूसेक पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

सय वर्ष पुरानो पुल जीर्ण भएका कारण नदीमा पानीको बहाव १ लाख क्यूसेक नाघ्नेबित्तिक्कै ठूला सवारी साधन आवागमनमा रोक लगाइँदै आएको छ ।

clock शनिबार ०९, भदौ २०८० १०:००

प्रतिक्रिया