सुदूरपश्चिममा मेघ गर्जन र हावाहुरी सहित वर्षाको सम्भावना

  शनिबार १८, चैत २०७९ १०:१८

धनगढी । पश्चिमी वायुका कारण आज (शनिबार) सुदूरपश्चिमका केही स्थानहरुमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावको कारण सुदूरपश्चिमसहित देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ।

यस्तै लुम्बिनी र कोशी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक–दुई स्थानमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। कोशी प्रदेश, बागमती प्रदेश तथा गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ।

 

clock शनिबार १८, चैत २०७९ १०:१८

प्रतिक्रिया