धनगढीका चन्द्रदेव आफ्नै घरभित्र मृत फेला

  शुक्रबार ०८, भदौ २०८० ११:०४

धनगढी । कैलालीको धनगढीका एक युवक आफ्नै घरभित्र मृत फेला परेका छन्। 

धनगढी उपमहानगरपालिका वडा नम्बर–७ का ३१ वर्षीय चन्द्रदेव भण्डारी (चन्दु) आफ्नै घरमा मृत फेला परेका हुन्।

गएराति ११ बजेतिर उनको आफ्नै घरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

उनको मृत्युको कारण अहिले सम्म नखुलेको प्रहरीले जनाएको छ। 

उनको शव अहिले पोष्टमाटमका लागि सेती अस्पतालमा राखिएको छ।  

clock शुक्रबार ०८, भदौ २०८० ११:०४

प्रतिक्रिया