धनगढी–अत्तरिया ६ लेन सडकमा दुर्घटना, ३ जना घाईते

  बिहिबार ०७, भदौ २०८० १३:०५

धनगढी । धनगढी–अत्तरिया ६ लेन सडकमा दुर्घटना भएको छ। धनगढी–अत्तरिया ६ लेन सडकखण्डमा विङ्गर पल्टिएर दुर्घटना हुँदा ३ जना घाईते भएका हुन्।

६ लेनको सडकखण्ड अन्तरगत गोदावरी नगरपालिका–१ पाठक पेट्रोल पम्प नजिक अत्तरियाबाट धनगढी तर्फ आउदै गरेको से. १ ज १०८४ नम्बरको विङ्गर अनियन्त्रीत भएर विङ्गर पल्टिदा दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

घाईते हुनेमा गौरीगंगा नगरपालिका–१ का ४५ वर्षीय मोतिलाल चौधरी, सोही स्थानका ५५ वर्षीय विष्णु चौधरी र गोदावरी नगरपालिका–१ का २१ वर्षीय रमेश कामी रहेका छन्। उनीहरुको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भैरहेको र तिनै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

चालक कञ्चनपुरको कृष्णपुर नगरपालिकाका २५ वर्षीय रमेश खड्का र विङ्गरलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ।
 

clock बिहिबार ०७, भदौ २०८० १३:०५

प्रतिक्रिया