भीमदत्तका पूर्वमेयर सुरेन्द्र विष्टविरुद्ध विशेष अदालतमा थुनछेक बहस सुरु

  मङ्गलबार ०५, भदौ २०८० १६:२१

कञ्चनपुर। अख्तियारले राजश्व चुहावट गरी भ्रष्टाचार गरेको अभियोगसहित विशेष अदालतमा दायर गरेको मुद्दामा भीमदत्तका पूर्वमेयर सुरेन्द्रबहादुर विष्टविरुद्ध थुनछेक बहस सुरु भएको छ । भीमदत्त नगरपालिकाका पूर्वमेयर विष्टविरुद्ध अहिले विशेष अदालतमा थुनछेक बहस सुरु भएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजश्व चुहावट गरी भ्रष्टाचार गरेको अभियोगसहित विशेष अदालतमा दायर गरेको मुद्दामा थुनछेक बहस हुन लागेको हो । आयोगले १० असारमा उनीसहित १२ जनाविरुद्ध दायर गरेको मुद्दामा आज भने विष्टविरुद्ध मात्रै थुनछेक वहस हुन लागेको हो । 

अख्तियारले भीमदत्त नगरपालिकाका तत्कालीन नगरप्रमुख सुरेन्द्रबहादुर बिष्ट, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्कर प्रसाद भट्ट र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीसमेत १२ जना तथा भवानी कन्स्ट्रक्सन प्रालिविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको हो।यसअघि प्रमुख प्रशासकीय अधिकृत पुष्कर भट्ट, इन्जिनियर हिमालयसिंह ऐरलगायतविरुद्ध थुनछेक बहस भइसकेको छ।

न्यायाधीश शालिग्राम कोइराला र डा। खुशीप्रसाद थारुको इजलासमा थुनछेक बहस भइरहेको विशेष अदालतले जनाएको छ। मुद्दा नम्बर ०७९–सीआर–०१५६ रहेको सो मुद्दा फाँट ‘क’मा सुनुवाई भइरहेको हो। आर्थिक वर्ष २०७७/०७८ मा महाकाली नदीको रोयल्टी ठेक्कामा राजश्व चुहावट गरी गैरकानुनी लाभ उठाएको भन्दै अख्तियारले निवर्तमान मेयर विष्टबाट ३ करोड ३३ लाख २२ हजार ५८३ रुपैयाँ बिगो भराउन, बिगोको दोब्बर जरिवाना र कैदको मागदावी गर्दै मुद्दा दायर गरेको हो । 

आजको बहसपछि इजलासले विष्टलाई पुर्पक्षका लागि थुनामा राख्ने वा धरौटी लिएर तारेखमा छोड्ने भन्ने आदेश दिनेछ । यसअघि विष्टसँगै सोही मुद्दामा आरोपित तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत पुष्कर भट्टलगायतबाट धरौटी लिई अदालतले तारेमा राखेको छ।

यस्तो भनिएको छ अख्तियारको आरोप पत्रमा ,

 

clock मङ्गलबार ०५, भदौ २०८० १६:२१

प्रतिक्रिया