बझाङमा एकै परिवारका तीन जना माथि खुकुरी प्रहार, दुई छोरासहित आमा घाइते

  मङ्गलबार ०५, भदौ २०८० १२:२५

बझाङ। बझाङको सदरमुकाम चैनपुरमा एकै परिवारका तीन जनामाथि मध्यरातमा खुकुरी प्रहार गरिएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार सुर्मा गाउँपालिका–३ घर भई चैनपुरमा डेरा गरी बस्ने तीन सदस्यमाथि अज्ञात व्यक्तिले खुकुरी प्रहार गरेका छन्।

गए राति सुनिता विक र उनका दुई छोरा आदित्य र यवनमाथि खुकुरी प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।कलम बिक काठमाडौँमा छन्।

उनी नभएको अवस्थामा श्रीमती र दुई छोरा माथि चक्कु प्रहार गरिएको हो। भान्सामा तरकारी काट्ने चक्कुले उनीहरूमाथि आक्रमण गरिएको प्रहरीले जनाएको छ।

घाइते तीन जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी भण्डारीले जानकारी दिए ।

clock मङ्गलबार ०५, भदौ २०८० १२:२५

प्रतिक्रिया