बाजुराको त्रिवेणीमा झाडी भित्र बेवारिसे शिशु फेला

  मङ्गलबार ०५, भदौ २०८० १२:०९

धनगढी । बाजुरामा झाडी भित्र एक शिशु बेवारिसे अवस्थामा फेला परेका छन्। जिल्लाको त्रिवेणी नगरपालि का वडा नम्बर ४ तोलीको झाडीमा शिशु फेला परेको हो। 

बाजुरा प्रहरीका अनुसार उनी नाभिसहित झाडीमा फालिएको अवस्थामा फेला परेका हुन्। उनको पहिचान खुलेको छैन। शिशुको टाउकोमा घाउ रहेको जनाएको छ। 

उनलाइ उपचारका लागि सोहि ठाउँकी स्थानिय करिश्मा अयडीको जिम्मा लगाएर अछामको बयलपाटा अस्पतालमा पठाइएको जनाएको छ।  यस घटनाको थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ।

clock मङ्गलबार ०५, भदौ २०८० १२:०९

प्रतिक्रिया