धनगढीबाट काठमाडौं आउँदै गरेको बस घ्यूखोलामा पल्टिँदा २९ यात्रु घाइते

  मङ्गलबार ०५, भदौ २०८० १२:०१

धनगढी । पूर्व-पश्चिम राजमार्गअन्तर्गत नवलपरासीपूर्व नवलपुरको विनयी त्रिवेणीस्थित घ्यूखोलामा यात्रुबस दुर्घटना हुँदा २९ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय, नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार धनगढीबाट काठमाडौंका लागि छुटेको सुपप्र ०१-००१ख २९८६ नम्बरको बस ‘ब्रेक फेल’ भएर सडक छेउमा पल्टिएको हो।

विनयी त्रिवेणी गाउँपालिका(२, दाउन्नेस्थित घ्यूखोलामा आज बिहान उक्त बस दुर्घटनामा परेको हो। दुर्घटनामा घाइते भएकाहरूको मध्यबिन्दु जिल्ला अस्पताल र दम्किबास स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए।

घाइते सबैको अवस्था खतरामुक्त रहेको उनको भनाइ छ। बसमा ३५ जना यात्रु सवार थिए।

clock मङ्गलबार ०५, भदौ २०८० १२:०१

प्रतिक्रिया