हराएको एक महिनापछि मृत भेटिए बैतडीका रमेश

  मङ्गलबार ०५, भदौ २०८० ०६:३७

बैतडी । बैतडीको पञ्चेश्वरका एक बालक हराएको एक महिनापछि  शव फेला परेको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिका –४ कनिना डाङका १४ बर्षीय रमेश भट्ट मृत फेला परेका छन्। 

गएको साउन ७ गतेदेखि हराएका रमेशको शव सडेको अवस्थामा सोमबार फेला परेको प्रहरीले जनाएको छ। उनी  हराएको दिन नै परिवारले खोजीका लागि प्रहरीमा निवेदन समेत दिएका थिए।

रमेशको शव खानेपानीको लाइन मर्मतका लागि पुगेका स्थानीयहरुले फेला पारेका हुन्। पञ्चेश्वर गाउँपालिका–३ मड वल्या खोलाको खानेपानी ट्यांकी नजिक भट्टको शव फेला परेको हो। उनले प्रयोग गरेका चप्पल र कपडाको आधारमा उनको शवको पहिचान भएको थियो।

रमेशलाई जंगली जनावरले आक्रमण गरेर मारेको हुन सक्ने अनुमान गरिएको छ। मृत अवस्थामा फेला परेका भट्टको परिवारले दाहासँस्कार समेत गरिसकेको प्रहरीले जानकारी दिएको छ।
 

clock मङ्गलबार ०५, भदौ २०८० ०६:३७

प्रतिक्रिया