प्राज्ञिक विद्यार्थी परिषद्को नवौं राष्ट्रिय अधिवेशन धनगढी हुँदै

  शुक्रबार १७, चैत २०७९ १४:३०

धनगढी । धनगढीमा प्राज्ञिक विद्यार्थी परिषद् नेपालको नवौं राष्ट्रिय अधिवेशनको तयारी पूरा भएको छ। चैत १८, १९ र २० गतेसम्म परिषद्को अधिवेशन हुँदैछ। ‘आत्मनिर्भर अर्थतन्त्र भ्रष्टाचार नियन्त्रणका लागि नवौं राष्ट्रिय अधिवेशन’ भन्ने नारासहित नवौं राष्ट्रिय अधिवेशन हुन लागेको परिषद्ले जनाएको छ।

अधिवेशनमार्फत देशको वर्तमान शैक्षिक परिदृष्य एवं वर्तमान शैक्षिक अवस्थाको सुधारका लागि शैक्षिक प्रस्ताव पारित गरिनेछ। त्यस्तै देशको वर्तमान सामाजिक, आर्थिक अवस्था र आत्मनिर्भर अर्थतन्त्र सम्बन्धि प्रस्ताव पारित गरिने बताइएको छ। अधिवेशनको उद्घाटन भोली २ः३० बजेदेखि ओम पार्टी प्यालेसमा हुनेछ।

उद्घाटन सत्रको प्रमुख अतिथि महालेखापरीक्षक टंकमणि शर्मा रहने छन् भने समापन समारोहमा प्रदेश प्रमुख देवराज जोशी प्रमुख अतिथि रहने आयोजकले बताएको छ। अधिवेशनबाट नयाँ  राष्ट्रिय कार्यसमिति चयन हुनेछ।

नवौं राष्ट्रिय अधिवेशनमा पूर्व गभर्नर चिरञ्जीवी शर्मा, रमेश कँडेल प्रमुख वक्ता रहने प्राज्ञिक परिषद्ले जनाएको छ। अधिवेशनमा शिक्षक निरजकुमार साहलाई ‘राष्ट्रिय पृथ्वी युवा प्रेरणा’ पुरस्कार प्रदान गरिनेछ। अधिवेशनमा देशभरका १ हजार विद्यार्थीको सहभागिता रहने बताइएको छ।

clock शुक्रबार १७, चैत २०७९ १४:३०

प्रतिक्रिया