धार्मिक तीर्थस्थल बुढीनन्दामा बाजुरबाट सरकारी टोली जाने

  सोमबार ०४, भदौ २०८० १४:२०

बाजुरा । सुदूरपश्चिम प्रदेशको धार्मिक तीर्थस्थल बुढीनन्दामा जिल्लाबाट पहिलोपटक पुजा सामाग्री सहितको सरकारी टोली जाने भएको छ । बाजुराको बडीमालिका र बुढिनन्दामा एकै साथ धार्मिक मेला सुरु हुने गरेको छ । 

सुदुरपश्चिम प्रदेशको प्रसिद्ध धार्मिक तीर्थस्थल बडीमालिका र बुढिनन्दामा धार्मीक मेला हुदै आएको छ । बडीमालिकामा पहिलेदखि नै जिल्लाबाट सरकारी टोलि जाने भएपनि अहिलेदेखि बुढीनन्दामा पनि पुजा सामाग्री सहितको सरकारी टोलि जाने सर्बपक्षिय बैठकबाट निर्णय भएको बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले बताए । 

नगर प्रमुख बोहराको प्रस्तावमा पहिलो पटक पुजा समाग्री सहितका सरीकारी टोलि जानेमा सबै पक्ष सहमत भएका हुन् । धार्मिक तीर्थस्थल बुढीनन्दामा पुजा समाग्री सहितको सरकारी जाने भएपछि स्थानीय समेत खुशि भएका छन् । 

जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसिराम रोकायाको अध्यक्षतामा बसेको बैठकमा उपप्रमुख लाछु सार्की, ९ बटै पालिकाका प्रमुख प्रमुख जिल्ला अधिकारी प्रजनितिक दलका प्रतिनिधि लगायतको सहभागीतामा उक्त निर्णय गरीएको हो । 

साउन शुक्ल चर्तुदशीको दिन मेला लाग्ने धार्मिक तिर्थस्थल बडिमालिका र बुढीनन्दा मन्दिरमा भक्तजनहरू पुगेर पुजाआजा गर्ने गरेका छन् । जनैपुर्णीमाको अघिल्लो दिन बडीमालिका मन्दिरमा बिषेश पुजा हुने भएकाले भक्तजनहरु बर्षे झरीको प्रर्बाह नगरी देवीको दर्शन गरिरहेका हुन्छन् । 

भक्तजनहरुले त्रिवेणीमा स्नान गरि बडीमालिका मन्दिर परिसरमा जाने गरेका छन् । त्रिबेणीमा स्नान गरी बडीमालिका माताको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृहरु तर्नुको साथै आफूले चित्ताएको सबै कुराहरू पूरा हुने जनविश्वासका साथ बर्सेनि हजारौं भक्तजनहरु यहाँ आउने गरेका छन् । 

झरी होस् कि जाडो तिर्थालुहरू मौसमको पर्वाह गर्दैनन् ।  तर, त्यहाँ पुगिसकेपछि यात्राका सबै कष्ट बिर्सने त्यहाँ पुग्ने भक्तजनहरुले बताउने गरेका छन् ।

clock सोमबार ०४, भदौ २०८० १४:२०

प्रतिक्रिया