मोटरसाइकल दुर्घटनामा अस्ताए कञ्चनपुरका मदनबहादुर

  सोमबार ०४, भदौ २०८० १३:५०

धनगढी । कञ्चनपुरमा आइतबार दिउसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

कृष्णपुर नगरपालिका–५ क्याम्पस रोडमा म १ क १७७ नम्बरको बस र सु.प.प्र.०१०१२ प ६६१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाएर दुर्घटना हुँदा सोहीँ नगरपालिका–४ किचाई बस्ने २८ वर्षीय मदनबहादुर सिंहको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल सिंहको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

मोटरसाइकलको पछाडि सवार अर्का यात्रु घाइते भएका छन्। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

clock सोमबार ०४, भदौ २०८० १३:५०

प्रतिक्रिया