लागु पदार्थ सेवन गरी सवारी साधन चलाउने ७ वटा सवारी चालकलाई कारबाहि

  शनिबार ०२, भदौ २०८० १४:००

धनगढी । लागु पदार्थ सेवन गरी सवारी साधन चलाउने ७ वटा सवारी चालकलाई कारबाहि जिल्ला ट्राफिक प्रहरी कार्यालयले कारबाहि गरेको छ । काठमाडौंबाट प्रविधियुक्त लापसे चेकिङ यन्त्र (लागुऔषध परीक्षण कीट) मगाएर चेकिङ थालिएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख विरेन्द्र जोहारीको कमाण्डमा खटिएको टोलीले अहिलेसम्म शुक्रवार र शनिबार चेकिङ गरिएकोमा ७ जना समातिएका छन्। कैलाली ट्राफिकका अनुसार शुक्रवार डडेल्धुराको गन्यापधुरा गाउँपालिका-१ बस्ने ३३ वर्षीय भीमराज अवस्थीलाई नियन्त्रणमा लिएको थियो।

प्र.०३ ०१-००३ क ४८१२ नम्बरको टिप्पर चालकसमेत रहेका उनलाई धनगढीको ६ लेन सडकमा चेक गर्दा पोजेटिभ देखाएको थियो। त्यसपछि उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको थियो।

यस्तै आज (शनिबार) गरिएको परीक्षणमा ६ जनालाई प्रहरीले समातेको छ। धनगढी उपमहानगरपालिका(१३ राजपुरस्थित मोहना अत्तरिया ६ लेन सडक खण्डमा लापसे चेक गर्दा उनीहरु समातिएका छन्।


जसमा सुपप्र ०२-००१ क ४९९ नम्बरको टिप्परका चालक शुक्लाफाटा नगरपालिका-५ बस्ने वर्ष ३४ का दिवाकर भुजेल, सुपप्र ०१-००१ क ३०७४ नम्बरको टिप्परका चालक डडेल्धुरा अमरगढी नगरपालिका-४ बस्ने वर्ष ३० का रमेश भट्टराई, बा ४ ख ५८७२ नम्बरको फोर्स चालक गोदावरी नगरपालिका-८ बस्ने वर्ष ३१ का यादव बोहरा, ना ५ ख ५४४५ नम्बरको बसका चालक गोदावरी नगरपालिका-१२ बस्ने वर्ष ३६ का महादेव जोशी, सुपप्र ०१-००१ज १२६० नम्बरको विङ्गरका चालक धनगढी उपमहानगरपालिका-३ बस्ने वर्ष २५ का बिदुस राना र सुपप्र ०२-००१ ज ०४४९ नम्बरको विङ्गरका चालक वेदकोट नगरपालिका- १० बस्ने वर्ष ३१ का अर्जुन रावल रहेका छन्। उनीहरु सबैलाई थप कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको छ। 

clock शनिबार ०२, भदौ २०८० १४:००

प्रतिक्रिया