डडेल्धुरामा बेहोस फेला परेका रामदत्त भट्टको मृत्यु

  शनिबार ०२, भदौ २०८० ०९:४७

डडेल्धुरा । डडेल्धुरामा बेहोस अवस्थामा फेला परेका व्यक्तिको मृत्यु भएको छ।

जिल्लाको आलिताल गाउँपालिका–८ को घुम्ती नजिक डोला गाउँ जाने बाटोमा अन्दाजी ५५ वर्षका आलिताल ७ बस्ने रामदत्त भट्ट शुक्रवार बेहोस अवस्थामा फेला परेका थिए। 

भट्टलाई उपचारका लागि जोगबुडा अस्पताल पुगाइएको थियो। जोगबुडा अस्पतालले उनलाई मृत घोषणा गरेको हो। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ ।

clock शनिबार ०२, भदौ २०८० ०९:४७

प्रतिक्रिया