कैलालीको भासु खोला पहिरोका कारण थुनियो

  शुक्रबार ०१, भदौ २०८० ११:३३

धनगढी । कैलालीको चुरेमा पहिरोले खोला थुनिएको छ। जिल्लाको चुरे गाउँपालिका–५ मैटाडमा पर्ने भासु खोला पहिरोका कारण थुनिएको हो।

प्रहरीका अनुसार पहिरोका कारण खोलामा पानीको ताल बनेको छ। थुनिएको ताल फुटे तल्लो क्षेत्रमा क्षतिमा हरेका घरहरुमा जोखिम बढी रहेको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोस बस्यालका अनुसार ताल फुटे चुरेको चौमाला र गोदावरी नगरपालिकाको कोलमुडा क्षेत्रमा क्षतिको सम्भावना छ।

clock शुक्रबार ०१, भदौ २०८० ११:३३

प्रतिक्रिया