अछाममा बँदेलको आक्रमणबाट दिला बयकको मृत्यु

  शुक्रबार ०१, भदौ २०८० ११:०३

अछाम। अछाममा बँदेलको आक्रमणबाट एक महिलाको ज्यान गएको छ ।

हिजो (बिहीवार) बेलुका बँदेलले आक्रमण गर्दा अछामको तुर्माखाँद गाउँपालिका-३ की २६ वर्षीया दिला बयकको ज्यान गएको हो ।

मास गोडेर घर फर्कने क्रममा उनलाई बँदेलले आक्रमण गरेको स्थानीयले बताए ।

दिलाको अस्पताल लैजाने क्रममा मृत्यु भएको जनाइएको छ ।

clock शुक्रबार ०१, भदौ २०८० ११:०३

प्रतिक्रिया