सुदूरपश्चिमका वन निर्देशक भट्टको वन कार्यालयहरुबाट यस्तो छ पैँसा असुल्ने धन्दा

  बिहिबार ३२, साउन २०८० १३:२०

धनगढी । सुदूरपश्चिम प्रदेशका निमित्त वन निर्देशक कृष्णदत्त भट्टले रकम असुली गर्ने गरेको पाइएको छ। प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय मातहतको वन निर्देशनालयका निमित्त निर्देशक भट्टले डिभिजन वन र सब डिभिजन वन कार्यालयहरुबाट रकम असुली गर्ने गएको पाइएको हो।

असुलीको विषयमा बोलेको भट्टको एक भिडिओ नै सार्वजनिक भएपछि सो घुस तथा कमिसनको विषयमा सतहमा आएको हो। अहिले सो भिडिओ भाइरल बनिरहेको छ।

सो भिडिओमा भट्टले अछामबाट २० हजार, डोटीबाट ५० हजार, बझाङबाट २० हजार, कञ्चनपुरबाट ३० हजार, धनगढीबाट एक लाख रुपैयाँ उठाएको बताएका छन्।

यस्तै उनले भिडिओमा भनेका छन्, ‘उस्ले कति दियो मलाई २० दियो। कोले अछामले, बाजुराले दिएन। डोटीले ५० दियो। बझाङले २० दियो, दार्चुलाले दिएन। मतलब पनि भएन। बैतडीले दियो १४, कञ्चनपुरले ३० दियो। जोशी जीले ५० दिए।’

उनलाई डिभिजन वन कार्यालय बाजुराले भने रकम नपठाएको बताएका छन्। यता, निमित्त निर्देशक भट्टले भने यो सबै कुरा गलत भएको दाबी गर्दै रकम नउठाएको बताएका छन्।

clock बिहिबार ३२, साउन २०८० १३:२०

प्रतिक्रिया