सार्वजनिक सवारीसाधनको भाडा बढ्यो, सुदुरपश्चिमबाट कहाँ जान कति ?

  बुधबार ३१, साउन २०८० १६:०७

धनगढी। पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा समेत वृद्धि भएको छ। स्वचालित मूल्य प्रणालीका आधारमा बुधबार देखि लागू हुने गरी यातायात व्यवस्था विभागले सार्वजनिक सवारीको भाडा वृद्धि गरेको हो।

विभागका अनुसार यात्रुवाहक सवारी साधनको साबिकको भाडामा ४.७० प्रतिशतले वृद्धि गरिएको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनको भाडा ६.१५ प्रतिशतले वृद्धि गरिएको छ। यस्तै तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ६.८३ प्रतिशतले वृद्धि गरिएको छ।

इन्धनको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढीले बढेमा वा घटेमा विभागले अभ्यास गर्दै आएको वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रूपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था रहेको छ। सोही व्यवस्था अनुसार भाडा समायोजन गरिएको विभागले जनाएको छ। नेपाल आयल निगमले मंगलबार रातिदेखि लागू हुने गरी डिजेलको मूल्य प्रतिलिटर १४ रुपैयाँले वृद्धि गर्दै १६५.८३ रुपैयाँ पुर्‍याएको छ। हाल कायम भएको भाडा काठमाण्डौँ-अत्तरिया-मार्तडी बाजुरा सम्मको बढेको छ । ९४४ दशमलब ६ किमी रहेको काठमाण्डौँ-अत्तरिया-मार्तडी बाजुरासम्म २८९६ साविकको भाडा बढेर ३०३२ कायम गरिएको छ ।

८ सय १४ किलोमीटर रहेको (काठमाण्डौँ-अत्तरिया-सिलगढी (सावीकको भाडा २३५७) हालको भाडा २४६८ )यस्तै ६८८ किलोमिटरको धनगढी-काठमाण्डौँसम्म (सावीकको भाडा १८५९) हाल कायम भएको भाडा १९४६ छ। काठमाण्डौँ-अत्तरिया-डडेल्धुरा सम्म ७७३ किलोमिटर रहेको सावीकको भाडा २१९० रहेकोमा हालको भाडा २२९३ कायम गरिएको छ।

काठमाण्डौँ-अत्तरिया-डडेल्धुरा देखी बैतडी ८६४ किलोमिटर रहेको रु २५१० सवारी भाडा रहेकोमा अब भाडा बढेर रु २६२८ कायम गरिएको छ। यस्तै गुलरीया-भुरीगाउँ हूँदै धनगढीसम्म १ सय ५५ किलोमिटरको ४१३ सावीकको भाडा बढाएर ४३२ कायम गरिएको छ।

यस्तै ११५ किमी रहेको डडेल्धुरा-चुनेपानी ४१३ सवारीको भाडाबाट ४३२ कायम। ७६३ किलोमिटर रहेको धनगढी-जनकपुरको २००४ सावीकको भाडा रहेकोमा २०९८ रुपैयाँ भएको छ। धनगढी-नेपालगञ्ज ११९ किमी रहेको ५५७ सावीकको भाडा बढेर ५८३ कायम, ८२६ किलोमिटर धनगढी-बिराटनगरको २१७१ सावीक भाडाबाट २२७३ कायम गरिएको छ। 

धनगढी(स्याङ्जा देखी पोखरा ५८६ किलोमिटर रहेको सावीकको १६८६ भाडा बढेर १७६५ कायम गरिएको छ। ३६२ किलोमिटर रहेको नेपालगञ्ज-सिलगढीसम्मको १११९ साविकको भाडा बढेर ११७२ कायम गरिएको छ। बिरगञ्ज-धनगढी ६६६ किमी रहेकोमा साविकको भाडा १७५२ बढेर १८३४ कायम, भैरहवा-धनगढी ३३४ किमीको सावीकको भाडादर ८७७ बाट बढेर ९१८ कायम, ३६९ किमी भैरहवा-महेन्द्रनगरको ९६९ सावीकको भाडा बढेर १०१५। सुर्खेत-धनगढी २५६ दशमलव ४७ किमीको ७५७ सावीकको भाडादर बढेर ७९३ कायम, सुर्खेत-महेन्द्रनगर २९० किमी रहेकोमा ८४२ सावीकको भाडा रहेकोमा हाल ८८२ कायम, काठमाण्डौँ-अत्तरिया-चैनपुर बझाङ ९४४ किमीको साविकको भाडा २८८० रहेकोमा ३०१५ कायम गरिएको छ।

clock बुधबार ३१, साउन २०८० १६:०७

प्रतिक्रिया