कैलालीको अत्तरियामा रहेको स्प्रुुजु कम्पनीको पानीमा लेउ भेटियो

  बुधबार ३१, साउन २०८० १५:३३

धनगढी । कैलालीको अत्तरियास्थित स्प्रुजु कम्पनीको पानीको बोतलभित्र लेउ भेटिएको छ । अत्तरियाको महेन्द्रनगर रोडमा रहेको सम्झना होटल एण्ड जि.बि. नास्ता पसलमा बिक्रीका लागि राखिएको सो कम्पनीको सिल प्याक पानीको बोतलभित्र लेउ भेटिएको हो ।

अत्तरिया उद्योग वाणिज्य संघका कोषाध्यक्ष हेम भण्डारीले म्याद कायम रहेको उक्त कम्पनीका दुई ओटा सिल प्याक पानीका बोतलमा लेउ भेटिएको बताए ।

होटल सञ्चालक धनबहादुर साउँदले पानीमा लेउ भेटिएको विषयमा कम्पनीका मानिसलाई जानकारी गराउँदा पनि मतलब नगरिएको बताए । धनगढीमा दुई वर्ष अगाडि पनि सोही कम्पनीको पानीको बोतलमा किरा भेटिएको थियो ।

clock बुधबार ३१, साउन २०८० १५:३३

प्रतिक्रिया