धनगढीको विकास होटलका मालिक तिवारी र घोडाघोडीका व्यवसायी चौलागाईं थुनामुक्त

  मङ्गलबार ३०, साउन २०८० २१:०७

धनगढी । कैलालीमा पक्राउ परेका २ मिटरव्याजी थुनामुक्त भएका छन्। सोमबार जिल्लाको घोडाघोडी नगरपालिका-१ का चन्द्रप्रकाश चौलागाईं र धनगढी उपमहानगरपालिका-५ का यज्ञ तिवारी पक्राउ परेकोमा आज थुनामुक्त भएका हुन्।

स्रोतका अनुसार जिल्ला सरकारी वकिलको कार्यालयले तिवारी र चौलागाईंलाई जिम्मा(जमानीमा छाडेको हो। आपराधिक विश्वासघात अन्तरगत उनीहरुलाई थुनामा राखिएकोमा सहमति कार्यान्वयन गर्ने गराउने समझदारीमा चौलागाईं र तिवारी थुनामुक्त भएको बताइएको छ।

हार्डवेयर व्यवसायीसमेत रहेका चौलागाईं र धनगढीको विकास होटलका मालिक तिवारीलाई हिजो पक्राउ गरेर थुनामा राखिएको थियो।

जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले तिवारीका नाममा आधा दर्जन उजुरी र चौलागाईंका नाममा पनि जग्गा ठगीको उजुरी प्रशासन कार्यालयमा परेको बताएका थिए।

उनीहरुलाई सोही उजुरीका आधारमा मिटरव्याज अन्तरगत आपराधिक विश्वासघात, ठगी र अभद्र व्यवहार समेतको मुद्दा चलाउन खोजिएको थियो। तर उनीहरु सरकारी वकिलको कार्यालयको पत्रले थुनामुक्त भएका हुन्।

सम्बन्धित शिर्सक
clock मङ्गलबार ३०, साउन २०८० २१:०७

प्रतिक्रिया