पत्रकार जोशी गोरखापत्र डोटेली भाषा संस्करण संयोजक नियुक्त

  मङ्गलबार ३०, साउन २०८० १०:११

काठमाडौं । गोरखापत्र दैनिकले प्रकाशन गर्ने डोटेली भाषा पृष्ठको संयोजकमा पत्रकार यज्ञराज जोशी नियुक्त भएका छन् ।

एक दशक लामो समयदेखि पत्रकारितामा सक्रिय जोशीलाई गोरखापत्र संस्थानले डोटेली भाषा पृष्ठ संयोजकका रूपमा नियुक्त गरेको हो ।

विभिन्न साहित्यिक संस्थामा समेत आवद्ध रहेका जोशी भाषा, साहित्यको क्षेत्रमा समेत कलम चलाउँदै आएका छन् । 

उनले नागरिक दैनिकको पश्चिमेली संस्करणमा पनि लामो समयसम्म डोटेली शब्द र त्यसको नेपाली अर्थ लेखेर भाषाको उन्नयनमा योगदान पुर्‍याएका थिए ।

डोटेली समाज कैलालीको कार्यसमिति सदस्यसमेत रहेका जोशीले डोटेली भाषाको पत्रिका सुदूर चिनारी र पश्चिमेली रैवारमा समेत काम गरिसकेका छन् । हाल उनी काठमाडौंमा रहेर पत्रकारितामा सक्रिय छन् ।

clock मङ्गलबार ३०, साउन २०८० १०:११

प्रतिक्रिया