कैलालीको गोदावरीका भट्टलाई कञ्चनपुर कारागारभित्र कुटपिट

  सोमबार २९, साउन २०८० २१:०६

कञ्चनपुर । कञ्चनपुर कारागारभित्र कैदीमाथि कुटपिट भएको भन्दै विवाद भएको छ।

कैद भुक्तान गरिरहेका कैलालीको गोदावरी नगरपालिका–५ गेटाका सुवास भट्टमाथि कुटपिट भएको भन्दै आफन्तले सोमबार कारागार कार्यालय कञ्चनपुर घेराउ गरेका छन्। कारागारभित्र भट्टमाथि निर्घात कुटपिट भएको आफन्तको आरोप छ।

कारागारका चौकीदार र नाइकेले कैदीबाट रकम असुल्ने गरेको समेत आफन्तको आरोप छ। कैदी सुवासलाई भेट्न नदिएको भन्दै उनका आफन्तले आक्रोस समेत पोखेका छन्। कारागार परिसरमा भीड बढ्न थालेपछि प्रहरीले बल प्रयोग गरेर भीड तितरवितर पारेको छ।

कैद भुक्तान गरिरहेका गेटाका सुवास ७ महिनादेखि लागुऔषध मुद्दामा कारागारमा छन्। उनी यसअघि पनि लागुऔषध मुद्दामै पटकपटक कारागार परिसकेका छन्।

कारागार कार्यालय कञ्चनपुरका जेलर माया बस्नेत थापाले कैदी सुवासलाई कुटपिट नभएको दाबी गरिन्। आइतवार कैदीलाई उनको आफन्तसँग समेत भेटाइएको बताइन्।

ब्लक परिवर्तन गरेको झोकमा सुवासले आफन्त बोलाएर लफडा गराएको उनले दाबी गरिन।

clock सोमबार २९, साउन २०८० २१:०६

प्रतिक्रिया