पहिरोको कारण बैतडीमा सडक अवरुद्ध

  सोमबार २९, साउन २०८० ११:२७

बैतडी । लगातारको वर्षाका कारण पहिरो खस्दा बैतडीमा सडक अवरुद्ध भएको छ। पहिरोले जयपृथ्वी राजमार्ग अन्र्तगत झौलेक र श्रीभावरमा गएराति  सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए।

पहिरो डोजरले पन्छ्याउने काम भइरहेको छिट्टै सञ्चालनमा आउने प्रवक्ता जोशीले बताए । राजमार्ग अवरुद्ध हुँदा बझाङ जाने सवारी साधन, बैतडीको पुर्चौंडी र सिगास जाने सवारी साधन र बझाङबाट अन्यत्रका लागि छुटेका सवारी साधन बीचबाटोमै रोकिएका छन्। 

clock सोमबार २९, साउन २०८० ११:२७

प्रतिक्रिया