महाकालीमा पानीको बहाव बढ्यो, बनबासा पुलमा सवारी साधन सञ्चालनमा रोक

  सोमबार २९, साउन २०८० ०९:३९

कञ्चनपुर । महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजको पुलमा ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। 

पानीको बहाव बढेपछि सोमबार बिहानदेखि बनबासा पुलमा चार पांग्रे सवारी साधन आवागमनमा रोक लगाइएको हो।

महाकालीमा पानीको बहाव १ लाख क्युसेक नाघ्नेबित्तिकै जोखिम हुने भन्दै चारपांग्रे सवारी साधनको आवागमनमा रोक लगाइने गरिएको छ।

clock सोमबार २९, साउन २०८० ०९:३९

प्रतिक्रिया