बैतडी समाजले शनिबार बृहत रक्तदान कार्यक्रम गर्ने

  बिहिबार २५, साउन २०८० १७:५९

धनगढी । बैतडी समाज कैलालीले ११ बृहत रक्तदान कार्यक्रम तथा खीर खाने कार्यक्रमको आयोजना गर्ने भएको छ । साउन २७ गते धनगढीको पदमा नर्सिङ कलेजसँगै रहेको समाजको सचिवालयको प्राङ्गणमा रक्तदान तथा खीर खाने कार्यक्रम गर्ने तयारी भएको रक्तादान संयोजक राज बहादुर चन्दले जानकारी दिए ।


बैतडी समाज कैलाली रगतको अभावका भएका बेला रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ । समाजले हरेक वर्ष कम्तीमा पनि दुई वटा रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ । यसअघिका १० वटा रक्तदान कार्यक्रममा ९ सय ५ जना रक्तदाताले रगत दान गरेका थिए ।


‘रक्तदान जीवनदान’ भन्ने नाराका साथ समाजले रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको समाजका अध्यक्ष मायाप्रकाश भट्टले जानकारी दिए । ‘यसपाली पनि रक्तदान र खीर खाने कार्यक्रमको आयोजना गरिने भएको छ । सबैजनालाइ रक्तदानमा बढीभन्दा बढी सहभागिताका लागि अनुरोध गर्दछु’ अध्यक्ष भट्टले भने ।


उनले रगत दिन नमिल्ने नगरबासीलाई पनि खीर खानका लागि आई दिन अनुरोध गरेका छन । बैतडी समाज कैलालीले हरेक वर्ष बैतडीका ग्रामीण र दुर्गम भेगमा स्वास्थ्य शिविरको पनि आयोजना गर्दै आएको छ । यसअघि समाजले बैतडीको पाटन र मेलौलीमा दुई वटा बृहत स्वास्थ्य शिविरको आयोजना सम्पन्न गरिसकेको छ । 


बैतडीको पाटनमा आयोजना भएको स्वास्थ्य शिविरमा ३२ सय जना र मेलौलीमा आयोजना गरिएको स्वास्थ्य शिविरमा ५७ सय ६० जनाले स्वास्थ्य जाँच गराएका थिए । 

clock बिहिबार २५, साउन २०८० १७:५९

प्रतिक्रिया