गोदावरीको पुलमा टिकटक बनाउन र फोटो खिच्न प्रतिबन्ध

  बिहिबार २५, साउन २०८० १६:३६

धनगढी । कैलालीको गोदावरी नदीमा रहेको पुलमा टिकटक बनाउन र फोटो खिच्न प्रतिबन्ध लगाइएको छ । बाढीले जग रहेको क्षेत्र कटान गरेपछि पुल जोखिम अवस्थामा पुगेकोले प्रतिबन्ध लगाइएको ईलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले बताए ।

गत मंगलवार निरीक्षण गर्न पुगेका कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका प्रमुख तथा प्रतिनिधिहरूले पुल धरापमा रहेको भन्दै प्रवेशमा रोक लगाउन भनेका थिए । तर, त्यसपछि पनि पुलमा सयौँ युवायुवतीहरूको घुइँचो लाग्यो । पुल जति बेला पनि भत्किन सक्ने अवस्थामा पुगेको छ ।

सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने काठे पुल जीर्ण भएपछि नयाँ मोटरेवल पुल निर्माण गरिएको थियो । सवारी चलाउन निषेध गरिएको उक्त पुलमा रङरोगन गरेपछि पछिल्लो समय फोटो खिच्ने र टिकटक बनाउनेहरूको रोजाइमा परेको थियो ।

clock बिहिबार २५, साउन २०८० १६:३६

प्रतिक्रिया