कैलालीका ८ सय ९९ बाढीपीडित परिवारको सडकमा वास

  बिहिबार २५, साउन २०८० ०८:१०     विश्वास खबर

धनगढी । बाढीबाट कैलालीको भजनी नगरपालिकाका आठ सय ९९ परिवार विस्थापित भएका छन् । तीन दिनदेखिको वर्षाले कान्द्रा, काँढा, पथरैया र मोहना नदीमा आएको बाढीले दुई हजार तीन सय ६७ परिवार प्रभावित हुँदा आठ सय ९९ परिवार विस्थापित भएर हुलाकी राजमार्ग, विद्यालय र सेफ हाउसमा पुगेका छन् ।

भजनी नगरपालिकाका प्रवक्ता विक्रम चौधरीका अनुसार दुई हजार चार सय स्थानीय विस्थापित भएका हुन् । वडा नम्बर ५ का १५ घर बाढीका कारण पूर्ण रूपमा क्षतिग्रस्त बनेको भजनी नगरपालिकाले जनाएको छ ।

clock बिहिबार २५, साउन २०८० ०८:१०     विश्वास खबर

प्रतिक्रिया