वर्षाका कारण बाजुराको खप्तड छेडेदहमा एक घर भत्कियो

  बिहिबार २५, साउन २०८० ०७:५१

बाजुरा । अविरल वर्षाले बाजुरामा  एक घर भत्किएको छ। उक्त घर भुकम्पले चिरा परेकोले भारि वर्षापछि भत्किएको हो। जिल्लाको खप्तड छेडेदह गाउँपालिका–३ पुडावालाका स्थानिय बुदे सुनारको घर भत्किएको हो। 

मंगलवार राति परेको अबिरल वर्षाले भिजेको घर बुधबार दिउँसो आफै भत्किएको स्थानियले बताएका छन्। गत माघ १० गते बाजुराको बिच्छ्या केन्द्रबिन्दु बनाएर गएको भुकम्पले चिरा परेको घर भत्किएको र अन्य घरपनि जोखिममा रहेका स्थानियले बताएका छन्।

दिउँसोको समय भएकाले कुनै मानविय क्षेति नभए पनि घरमा रहेका अन्नपात, भाडाकुडा तथा लत्ताकपडा च्यापिएको प्रहरीले जनाएको छ। घर भत्किएपछि उनको परिवार बिचल्लीमा परेको छ। 

अहिले उनको उद्धार तथा व्यवस्थापनका गर्ने घटनास्थलमा वडा अध्यक्ष पुगेका स्थानियले बताएका छन्। प्रहरी घटनास्थलमा जान नसेकाले क्षतीको एकिन विवरण भोलि अनुसन्धान पछिमात्रै थाह हुने प्रहरीले जनाएको छ।
 

clock बिहिबार २५, साउन २०८० ०७:५१

प्रतिक्रिया