समुदायको आवश्यकताका आधारमा विकास अगाडी बढाउँछौँ -उपप्रमुख राना

  बिहिबार २५, साउन २०८० ०७:४१

धनगढी । समुदायको आवश्यकताका आधारमा विकास अगाडी बढाइने धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला कुमारी रानाले बताएकी छिन् । धनगढी उपमहानगरपालिकाको लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना अन्तर्गत पिसविन संस्थाले सञ्चालन गरेको जोडी संवाद कार्यक्रमको अनुगमनमा उनले सो कुरा बताएकी हुन् । 

धनगढीमा बस्ने सबै खालका धर्म कला संस्कृति मान्ने समुदायको पहिरन बनाउने तालिम दिएर आत्मनिर्भर बनाउनुका साथै संस्कृति बचाउन  उपमहानगरपालिकाले काम गरिरहेको उनले बताइन् । उनले सबै खाले जनताका लागि सिप मुलुक तालिमको व्यवस्था गरेको बताइन् ।

जोडी संम्वाद कार्यक्रमबाट आफैबाट परिवर्तन सुरु गरे समुन्नत समाज बन्छ भन्ने कुरोको प्रमाणित खेदा गाउँले गरेको बताइन् । उनले घरमा आपसी समझदारी नहुँदा घर बिग्रिनुका साथै डिभोर्स सम्म हुने गरेको बताइन् । जोडी संम्वादले विभिन्न वाहानामा घरमा हुने महिला हिंसामा अन्त्य भएको बताउँदै उनले सानोतिना कुरामा पनि झगडा हुने घरमा जोडी संवाद सुरु भएपछि सामान्य कुरामा हुने मनमुटाब बन्द भएको छ।

No description available.

जोडी संवाद कार्यक्रम धनगढी उपमहानगरपालिका वडा नम्बर १९ खेदा गाउँका २० जोडीबाट सुरु गरेको हो । 'जोडी संम्वाद सुरु हुनु पहिले सानो सानो कुरामा झगडा हुन्थ्यो, घरको काममा सहयोग नगर्ने र केही सामान्य घरको काम लगाउँदा पनि सघाउनुको सट्टा झगडा हुने गर्थ्यो' खेदाकी दुलामि चौधरी भनिन्, 'जोडी संवाद सुरु भएपछि मिलेर काम गर्ने र झगडा पनि हुन बन्द भएको छ । उनले अब जीविकोपार्जनका लागि पनि तालिम सञ्चालन पर्नु पर्ने बताइन् ।' 

'पुरुषले जे गर्दा पनि हुन्छ, घरको काम महिलाले मात्र गर्नु पर्छ भन्ने थियो', खेदाका राजु चौधरीले भने 'आफ्नो मनपरी हिसाब काम गर्थे, परिवारमा सल्लाह हुने गरेको थिएन, घरको काममा पनि कुनै सहयोग गर्ने गरेको थिएन तर अहिले जोडी संवाद लागु भएपछि सबै परिवर्तन भएको छ ।' अहिले अहिले खाना पकाउने, लुगा धुने लगायत घर भित्र र बाहिरका सबै काम मिलेर गर्छौ । 

 

clock बिहिबार २५, साउन २०८० ०७:४१

प्रतिक्रिया