कैलालीको बुढीताेलाबाट लागुऔषध सहित डाेटीका युवक पक्राउ

  बुधबार २४, साउन २०८० २०:५२

धनगढी । कैलालीको गाेदावरी नगरपालिकाबाट लागुऔषध सहित एक युवक पक्राउ परेका छन् । जिल्लाकाे गाेदावरी नगरपालिका वडा नम्वर ४ बुढीताेलाबाट बुधबार प्रहरीले पक्राउ हाे । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता कुलदिप चन्दका अनुसार डोटी जोरायल गाउंपालिका वडा नम्बर २ बस्ने भवानी मालीका छोरा अन्दाजी २८ बर्षका मीन बहादुर माली पक्राउ परेका हुन। 

उनकाे साथबाट प्रहरीले लागु औषध (खैरो हेरोईन) जस्तो धुलो पदार्थको दुई पोका ठुलो र एउटा पुडिया सानो गरी पलाष्टिकमा बेरी लुकाई छिपाई राखेको समेत  गर्दा १३ ग्राम र नगद ५३,००० का साथै एक थान मोबाईल समेत बरामद गरी पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको प्रबक्ता चन्दले बताए ।

 

clock बुधबार २४, साउन २०८० २०:५२

प्रतिक्रिया