डोटीमा जंगली च्याउ खाँदा १२ जना बिरामी

  बुधबार २४, साउन २०८० ०७:०९

डोटी । जंगली च्याउ खाँदा डोटीमा १२ जना बिरमी भएका छन्। जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर २ कारने भन्ने ठाउँमा कामदारहरुले जंगली च्याउ खाएका हुन्।

दिपायल–मेल्लेख सडकखण्डमा काम गर्ने सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर ९ का ५५ वर्षीय दिलबहादुर राजीसहितका १२ जनाले च्याउ खाँदा बिरामी परेका छन्।

उनीहरुले मंगलवार दिउसोको खानासँगै जंगली च्याउ खाएका थिए। प्रहरीका अनुसार मौवा स्वास्थ्य चौकीमा उनीहरुको उपचार हुँदैछ।

clock बुधबार २४, साउन २०८० ०७:०९

प्रतिक्रिया