आज अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस मनाइँदै

  बुधबार २४, साउन २०८० ०६:५६

काठमाडौं । अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस बुधवार विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘इन्डिजिनियस युथ एस अगेन्सट् अफ चेन्ज फर सेल्फ डिटरमिनेसन’ नाराका साथ यस वर्ष देशभरि विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागिएको हो । 

नाराको अर्थ आफूले निर्धारण गरेअनुरूपको परिवर्तनको संवाहक आदिवासी युवाहरू भन्ने हुन्छ । आदिवासी युवाको सक्रियता र सशक्तीकरणमा यस वर्ष विशेष जोड दिइएको नेपाल आदिवासी जनजाति महासंघले जनाएको छ ।

दिवसका अवसरमा बुधवार बानेश्वरमा जनजाति आयोगले कार्यक्रमको आयोजना गरेको छ । आदिवासी जनजाति महासंघले दिउँसो नेपाल प्रज्ञा–प्रतिष्ठानमा पनि आयोजना गरेको छ । 

सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसंघको साधारण सभाले अगस्त ९ तारिखलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि बढाएको हो । संयुक्त राष्ट्रसंघले यसअघि नै सन् १९९४ देखि सन् २००४ सम्म आदिवासी दशकका रूपमा ‘कर्म र मर्यादाका लागि दशक’ नाराका साथ आह्वान गरेको थियो ।

दिवसका लागि संयुक्त राष्ट्रसंघको लोगोलाई बंगलादेशका कलाकार रिबन देवानले तयार पारेका हुन् । सो लोगोमा हरियो पातका २ कानजस्तो आकृतिले पृथ्वीलाई दुईपट्टिबाट घेरेको देखिन्छ । सोही सन्दर्भ पारेर नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पनि काठमाडौंमा कार्यक्रमको आयोजना गरेको छ ।

clock बुधबार २४, साउन २०८० ०६:५६

प्रतिक्रिया