कैलालीमा बाढी र पहिरोबाट प्रभावितहरुको उद्धारका लागि नेपाली सेनाको उद्धार टोली

  मङ्गलबार २३, साउन २०८० १४:०३

धनगढी । गएरातिको अविरल वर्षाका कारण समस्यामा परेकाको उद्धारका लागि नेपाली सेनाको विपद् उद्धार टोली खटिएको छ । गएरातिको अविरत वर्षाका कारण कैलालीको कैलारी गाउँपालिका, भजनी नगरपालिका, धनगढी उपमहानगरपालिका तथा भीमदक्त सडकखण्ड अन्तर्गत गोदावरी नगरपालिकाको सेल्फि डाँडामा सडक भासिदा समस्यामा परेकाहरुको उद्धार गर्न तेघरीस्थित श्री देवीदल गणको उद्धार टोली खटिएको हो । 

धनगढी उपमहानगरपालिका वडा नम्बर १५ र कैलारी गाउँपालिका वडा नम्बर ७ बसन्ताका बाढी पिडितको उद्धारका लागि मेजर बिक्रम चौधरीको कमाण्डमा नेपाली सेनाको विपद् उद्धार टोली र सुदूरपश्चिम प्रदेशको सात जिल्ला जोड्ने सडक पहिरोले भासिएपछि अलपत्र परेका यात्रुहरुलाई गन्तव्यसम्म पुगाउनका लागि अवरुद्ध सडक सुचारु गर्न सहायक सेनानी रुपेश थारुको कमाण्डमा नेपाली सेनाको उद्धार टोली खटाईएको श्री देवीदल गण तेघरीका प्रमुख सेनानी गणपति रबी के. सीले बताए । 

‘सडक सुचारु गर्न अवरोध हटाउन नेपाली सेनाको उद्धार टोली खटाएका छौं’ श्री देवीदल गणका प्रमुख सेनानी गणपति रबी के।सी। ले भने, ‘राजमार्गमा खसेका रुख हटाउन हाम्रो टोली खटिएको छ । सडक पूर्ण रुपमा सुचारु गराउन जेसिवी र एक्जाभेटरको आवश्यक छ ।’

clock मङ्गलबार २३, साउन २०८० १४:०३

प्रतिक्रिया