१०२ पटक रक्तदान गर्ने पत्रकार उपाध्याय सम्मानित

  मङ्गलबार २३, साउन २०८० ११:१७

धनगढी । दिनेश फाउण्डेसन धनगढीले सुदूर पश्चिममा सर्बाधिक  रक्तदान गर्ने रक्तदाता दीपक उपाध्यायलाई सम्मान गरेको छ । दिनेश फाउण्डेसनका अध्यक्ष श्याम हमालले  फाउण्डेसनद्धारा मंगलवार आयोजित रक्तदान कार्यक्रममा कदर पत्र र ५१ हजार रुपैया सहित सम्मान गरेका हुन् ।

१०२ पटक रक्तदान गरेका पत्रकार उपाध्याय ईकागजका सुदूरपश्चिम प्रतिनिधि हुन् । उपाध्यायले तीन तीन महिनामा रक्तदान गर्ने गरेका छन् ।  फाउण्डेसन द्धारा मंगलवार आयोजित कार्यक्रममा समेत गरी उपाध्यायले १०२ औं पटक रक्तदान गरेका हुन् ।

फाउण्डेसनका अध्यक्ष हमालले एक जनाले गरेको रक्तदानबाट तीन जनाको जीवन रक्षा हुने चर्चा गर्दै मानव जीवनको रक्षार्थ उपाध्यायले निर्बाह गरेको योगदान प्रशंसनीय भएको बताए ।

उनले फाउण्डेसनले ११ वर्षदेखि निरन्तर रुपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको जानकारी दिदै हालसम्म एक हजार एक सय जनाभन्दा बढिले रक्तदान गरेको बताए ।

clock मङ्गलबार २३, साउन २०८० ११:१७

प्रतिक्रिया