कैलालीमा बाढीले नेपाल-भारत सीमा स्तम्भ बगायो

  मङ्गलबार २३, साउन २०८० ११:१२
फाईलफोटो

धनगढी । अविरल वर्षासँगै मोहना नदीमा आएको बाढीले कैलाली जिल्लासँग जोडिएको नेपाल-भारत सीमा स्तम्भ बगाएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका ९ स्थित भैंसीघाटमा रहेको एक वटा नेपाल भारत सीमा स्तम्भ बगाएको हो ।

नेपाल तर्फका ७४८-३ नम्बरको सीमा स्तम्भ बगाएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

clock मङ्गलबार २३, साउन २०८० ११:१२

प्रतिक्रिया