टीकापुरको केदारेश्वर आधारभूत विद्यालयमा तोडफोड

  आइतबार २१, साउन २०८० १३:२७

टीकापुर । कैलालीको टीकापुर–३ शंकरपुरस्थित केदारेश्वर आधारभूत विद्यालयमा तोडफोड भएको छ। शनिबार राति अज्ञात समूहले तीन वटा कक्षाकोठाको ढोका फोडेर डेस्कबेन्च तोडफोड गरेको हो।

विद्यालयका प्रधानाध्यापक बद्री भट्टराईका अनुसार तीन कोठाका १० थान डेस्क-बेच्न र झ्याल-ढोकामा तोडफोड गरिएको छ। तोडफोडबाट करिब ३० हजार बराबरको क्षति पुगेको उनले बताए।

‘विद्यालय शिक्षा प्रदान गर्ने थलो हो । सामुदायिक विद्यालय त झनै सबैको साझा सम्पत्ति हो। यसरी विद्यालयको सम्पत्ति तोडफोड गर्दा कसैलाई फाइदा पुग्दैन । यो एकदमै निन्दनीय घटना हो । दोषीमाथि कडा कारबाहीको माग गर्दछौँ,’ भट्टराईले भने । विद्यालयमा पटकपटक यस्ता घटना दोहोरिने गरेको उनले बताए।

आफू प्रअ भएर आइसकेपछि यो चौथो पटक विद्यालयमा तोडफोड भएको उनको भनाइ छ। ‘एक जना विद्यार्थीको झोला पनि छुटेको रहेछ। त्यो झोला र झोलामा रहेका सबै पुस्तक तथा कपिहरू पनि च्यातच्युत पारिएको छ,’ उनले भने ।

clock आइतबार २१, साउन २०८० १३:२७

प्रतिक्रिया