बैतडीको २७ वर्षिय चन्दको भारतको बेंगलोरमा चक्खु प्रहार गरि हत्या
बैतडी । बैतडीका एक युवकको भारतमा हत्या भएको छ । जिल्लाको सुर्नया गाउँपालिका वडा नं २ खालिकाबगड लिस्किटा घर भएका जनक बहादुर चन्दका छोरा २७ वर्षिय तिलक बहादुर चन्दको भारतको बेंगलोरमा हत्या गरिएको अवस्थाा शव फेला परेको हो ।
गत हप्ता उनकै बस्ने कोठामा हत्या गरिएको अवस्थामा चन्दको शव फेला परेको हो । उनको भारतीय नागरिकले चक्खु प्रहार गरि हत्या गरेका हुन । ७ वर्ष देखि कोठामा संगै बस्दै आएका भारतको कर्नाटकका ४५ वर्षिय शिद्धराजुले हत्या स्वीकार समेत गरिसकेका बताइएको छ । हत्याको कारण खुलेको छैन ।
भारतीय प्रहरीले उनलाई पक्राउ गरेर थप अनुसन्धान गर्दैछ । तिलकको मृत्युको खबर आफुुहरुलाई इन्टरपोलबाट प्राप्त भएको आफन्त धीर बहादुर चन्दले जानकारी दिए । भारतीय नागरिकले हत्या स्वीकार गरेपछि शव बुझेर अन्तिम संस्कार गरिएको उनले बताए ।
रोजगारिको सिलसिलामा भारत गएका तिलक ११ वर्ष देखि सम्पर्क विहिन थिए । ११ वर्ष देखि बेपत्ता रहेका तिलकको हत्या गरिएको खबर आएपछि परिवारमा रुवाबासी चलेको छ ।
प्रतिक्रिया