कृष्णपुरका कुबेर दमाईको हत्या आरोपमा आरोपमा सहोदर भतिजा र भान्जा पक्राउ

  शनिबार २०, साउन २०८० १५:२२     विश्वास खबर

महेन्द्रनगर । प्रहरीले कृष्णपुर नगरपालिका २ बाणी नव दुर्गा टोलका कुबेर दमाई (हले) को हत्यामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । घरबाट वेपत्ता भएको चार दिनपछि साउन १८ गते दमाईको शव बन्द नदीको बगरमा गाडिएको अवस्थामा भेटिएको थियो ।

प्रहरीले दमाईको हत्या आरोपमा उनका भतिजा अजय दमाई र भान्जा हरिश दमाईलाई पक्राउ गरेको हो । प्रहरीले शव भेटिएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिएका अजय दमाई, हरिश दमाई र भरत दमाईबाट उनीहरु दुई जनाले हत्या गरेको खुलेको हो ।

प्रहरीले पक्राउ गरेका दुबै जनाले प्रारम्भिक रुपमा हत्या स्वीकार गरेका छन् । उनीहरु सबैले नदी बगरमा मादक पदार्थ सेवन गरेपछि घरायशी कुराकानीका क्रममा अजय र हरिशसित विवाद भएपछि उनीहरुले टाउकोमा ढुङ्गा प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले मदिरा सेवनपछि घरायशी कुराकानीको क्रममा बढेको विवादपछि हत्या भएर बगरमा शव गाडिएको देखिएको बताए ।

clock शनिबार २०, साउन २०८० १५:२२     विश्वास खबर

प्रतिक्रिया