कञ्चनपुरको कृष्णपुरका दिनेशले बनाए दुई हप्तामै इलेक्ट्रिकल मोटरसाइकल

  शनिबार २०, साउन २०८० १५:०८

कञ्चनपुर । कञ्चनपुरका एक युवाले इलेक्ट्रिकल मोटरसाइकल बनाएका छन्। जिल्लाको कृष्णपुर नगरपालिका –७ का दिनेश बिष्टले घरमै इलेक्ट्रिकल मोटरसाइकल निर्माण गरेका हुन्। दिनेश कैलालीको गेटामा रहेको सरस्वती माविमा कक्षा १० अध्ययन गरिरहेका छन्। 

दिनेशले करिब एक लाख रकम खर्च गरेर आफ्नै घरमा इलेक्ट्रिकल मोटरसाइकल निर्माण गरेका हुन्। मोटरसाइकलको शुक्रबार एक कार्यक्रमका बीच कृष्णपुरका नगरप्रमुख हेमराज ओझाले लन्चिङ गरेका थिए। मोटरसाइकलको लन्चिङ गर्दै मेयर ओझाले मोटरसाइकल निर्माण गरेर दिनेशले कृष्णपुरको गौरव उचो गर्ने काम गरेको बताए।

उनले दिनेशले गरको कामलाई नगरपालकाले पनि सहयोग गर्ने बताए। उनले प्राविधिक जानकारीका लागि उच्च शिक्षाको पनि उक्तिकै आवश्यकता हुने भएकाले क्रेयसन संगै अध्ययनमा पनि जोड दिनुपर्ने बताए। मोटरसाइकल निर्माण गरेका दिनेशले मोटरसाइकको सामान अनलाइन मार्फत मगाएको र, च्यासिस भने घरमै निर्माण गरेको बताए।

उनले मोटरसाइकलमा पुरानो मोटरसाइकलको ट्याङ्की र पुराना स्कुटरका टायर प्रयोग गरेका छन्। उक्त मोटरसाइकल निर्माणका लागि २ हप्ताको समय लागेको उनले बताए।

उनले मोटरसाइकलको नाम सुदूरपश्चिम ७ राखेका छन्। ४८ भोल्टेजको ब्याट्री प्रयोग गरिएको उक्त मोटरसाइकल एक पटक चार्ज गरेमा ७५ देखि ८० किलोमिटर गुड्ने बताइएको छ। मोटरसाइकल फुल चार्ज गर्न साढे ३ देखि ४ घण्टा लाग्ने दिनेशले बताए। यसअघि उनले मोटरसाइकलको इन्जिन प्रयोग गरेर तिन पाङ्ग्रे बग्गी पनि निर्माण गरेको बताए। उनले दुवै उत्पादन गर्नको लागि २ लाख खर्च लागेको बताए।

clock शनिबार २०, साउन २०८० १५:०८

प्रतिक्रिया