धनगढीको एक बैङ्कमा ग्राहकले पैसा निकाल्दा नक्कली नोट पाएपछि......
धनगढी । धनगढीको मेनरोडस्थित एभरेष्ट बैक धनगढी शाखाबाट निकालेको एक हजारको नक्कली नोट फेला परेको छ।बिहीबार बैकका एक ग्राहकले बैङ्कमा पैसा निकाल्ने क्रममा एक हजारको एक थान नक्कली नोट फेला परेको हो।
धनगढी उपमहानगरपालिका ५ हसनपुरकी सङ्गीता न्यौपानेले एक लाख ९५ हजार पैसा निकाल्दा ९५ हजारको भित्रको एक थान नक्कली नोट फेला परेको हो । एभरेष्टबाट पैसा निकालेर धनगढीकै अर्को बैङ्कमा जाँदा सो नक्कली नोट हो भनेर थाहा पाएको सङ्गीता न्यौपाने बताइन् ।
‘मेरो स्टाफले एभरेष्टबाट एक लाख ९५ हजार रुपैयाँ झिकेर ल्याएका थिए । मैले काठमाडौँ पठाउनको लागि अर्को बैङ्कमा जाँदा एक थान नक्कली नोट भेटिएको थाहा पाए,’ उनले भनिन्, ‘पछि सो बारे जानकारी गराउन जाँदा बैङ्कका एक जना कर्मचारीले बैङ्क भन्दा बाहिर गइसकेपछि आफूहरूको कुनै गल्ती हुँदैन भनेर जवाफ दियो ।’
उनले यसरी नक्कली नोट फेला परेको छ भन्दा पनि बैङ्कले कुनै सुनुवाइ नगरेको बताइन् । यसरी बैङ्कमा नै नक्कली नोट फेला पर्छ भने आम सर्वसाधारण कसरी सुरक्षित हुने भनेर उनले प्रश्न गरिन् ।
‘हेर्नुस् बैङ्कलाई नक्कली नोट फेला पर्यो भनेर जाँदा उल्टै तपाईँले नै हाल्नुभयो होला भनेर जवाफ दिन्छ । अब यसरी बैङ्कमै नक्कली नोट फेला परेपछि आम सर्वसाधारण कसरी सुरक्षित हुने ?’ यता बैङ्कसँग सोबारे बुझ्न खोज्दा फोन उठेन ।
पछिल्लो समय नक्कली नोटको कारोबार बढिरहेकाले सबैले सतर्क रहनुपर्ने न्यौपानेले बताइन् ।
प्रतिक्रिया