कञ्चनपुरमा चार वर्षीया बालिकाको मृत्यु

  शुक्रबार १९, साउन २०८० ०७:५७

कञ्चनपुर । कञ्चनपुरमा चार वर्षीया बालिकाको मृत्यु भएको छ। जिल्लाको शुक्लाफाटा नगरपालिका–८ धारापानीका राजेश धामीको छोरी ४ वर्षीया अनु धामीको बिहीवार मृत्यु भएको हो।

खेलिरहेको अबस्थामा घर नजिकै रहेको माछा पोखरीमा चिप्लेर डुबी बालिकाको मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

clock शुक्रबार १९, साउन २०८० ०७:५७

प्रतिक्रिया