कैलालीमा ४ नाल भरुवा बन्दुकसहित १ जना पक्राउ

  बिहिबार १८, साउन २०८० ११:४७     विश्वास खबर

धनगढी । कैलालीमा ४ नाल भरुवा बन्दुकसहित १ जना पक्राउ परेका छन्। जिल्लाको गौरिगंगा नगरपालिका वडा नम्बर–६ बाट भरुवा बन्दुकसहित १ जना पक्राउ परेका हुन्। 

इलाका प्रहरी कार्यालय चौमालाको प्रहरी टोलिले विषेश सूचनाको आधारमा ४ नाल भरुवा बन्दुकसहित १ जनालाई पक्राउ गरेको हो।

पक्राउ परेका व्यक्तिको विवरण प्रहरीले सार्वजनिक गरेको छैन्। यस सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

clock बिहिबार १८, साउन २०८० ११:४७     विश्वास खबर

प्रतिक्रिया