यातायात कार्यालय धनगढी द्वारा सवारीको दर्ता र नामसारीको कार्य अनिश्चितकालका लागि बन्द

  बुधबार १७, साउन २०८० १५:४७

धनगढी । यातायात व्यवस्था कार्यालय धनगढीले सवारीको दर्ता र नामसारीको कार्य अनिश्चितकालका लागि स्थगन गरेको छ ।

कार्यालयले गत साउन १५ गते सूचना प्रकाशित गरी साउन १५ गते सोमबार लागु हुने गरी अर्को सूचना नआउञ्जेल सम्मका लागि अनिश्चितकालका लागि उक्त सेवाहरु बन्द गरेको हो । 

कार्यालयले आन्तरिक व्यवस्थापन लगायत विविध कारण देखाई उक्त सेवाहरु हाललाई बन्द व्यहोरा जनाएको छ । कार्यालयले प्रदान गर्दै आएका अन्य सेवाहरु नियमित रुपमा प्रदान हुने व्यहोरा समेत सूचना मार्फत जानकारी दिएको छ ।

आन्तरिक व्यवस्थापन लगायत विविध कारण देखाई सवारी दर्ता र नामसारी लगायतका काम यातायात व्यवस्था कार्यालयले सेवा स्थगन गरेको प्रति सेवाग्राहीले आक्रोश व्यक्त गरेका छन् । 

विश्वमा सूचना प्रविधिले फड्को मारेको अवस्थामा नेपालको सरकारी कार्यालयको संचालन प्रणाली कछुवा गतिमै रहेको भन्दै आक्रोश व्यक्त गरे । उनले यातायात व्यवस्था कार्यालयको कार्य शैली प्रति सेवाग्राहीहरु सन्तुष्ट नरहेको बताए । 

कार्यालयले बन्द गरेका सेवाहरु बारे थाहा नहुँदा कैयौं सेवाग्राहीहरु कार्यालय पुगी फिर्ता भएका छन् । 

clock बुधबार १७, साउन २०८० १५:४७

प्रतिक्रिया