होटल भित्र प्रेमिकाकै अगाडी पनेरुले बियरमा पोइजन हालेर खाएका थिए

  मङ्गलबार १६, साउन २०८० १४:०९

धनगढी । कञ्चनपुरको महेन्द्रनगर स्थित एक होटलमा शुक्रबार राती घटेको घटनाले तरगिंत बनाएको छ । धनगढी उपमहानगरपालिका ४ बोराडाँडीका ३७ बर्षिय बिष्णु पनेरु र धनगढी उपमहानगरपालिका १४ फुलबारीकी सुमित्रा सापकोटा सुमी बिच केही समयदेखीको प्रेम सम्बन्धपछि यो घटना घटेको पाइएको छ ।

दुइटै बिवाहित रहेका सुमित्रा र बिष्णुको घरमा छोराछोरी समेत छन् । उनिहरु दुबैजनाको सम्बन्ध कायमै छ । बिगत लामो समयदेखी सम्बन्धमा दरार आएपनि सुमित्राले श्रीमानसंगको सम्बन्ध छुटाएकी छैनन्, भने बिष्णुकोपनि घरमा श्रीमती छिन् । गत शुक्रबार भारत जान्छु भनेर श्रीमतीसंग केही पैँसा समेत मागेर गएका बिष्णुले शुक्रबार राती महेन्द्रनगरको एक होटलमा प्रेमिका सुमित्राकै अगाडी पोइजन खाएर देह त्याग गरे ।

श्रोतका अनुसार बिष्णु सुमित्रासंग प्रेम सम्बन्धमा रहेको उनकी श्रीमतीले थाहा पाइसकेकी थिइन् । सम्बन्धबारे घरमा समेत जानकारी भइसकेपछि घरका ज्येष्ठ सदस्यहरुले सुमित्रालाई भेट्न खोजेका थिए । फोनमा कुराकानी समेत भएको पाइन्छ । तर भेट हुन नपाउँदै उता बिष्णुले पोइजन खाएपछि सुमित्रालेनै घरमा फोन गरेर घटनाबारे जानकारी दिएको पाइन्छ ।

सुमित्रालेनै बिष्णुलाई महाकाली अस्पताल पु¥याएकी थिइन्, त्यहाँबाट उनलाई धनगढी रेफर गरिएको थियो । बिष्णुको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । कञ्चनपुरको महेन्द्रनगरमा रहेको डि–लाइट होटलमा बेहोस भएका उनलाई सेती प्रादेशिक अस्पताल ल्याइएपनि उपचारकै क्रममा मृत्यु भएको हो । पारिवारिक श्रोतका अनुसार सुमित्राले बिष्णुलाई छोड्न आग्रह गरेपनि छोड्न मानिरहेको छैन भन्ने गरेकी थिइन् ।

बेहोस अवस्थामा भेटिएका बिष्णु संगै रहेकी सुमित्रालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बिष्णुका परिवारले सुमित्रा बिरुद्ध आत्महत्या दुरुत्साहन सम्बन्धी उजुरी दिएका छन् । घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरिक्षक प्रकाश डाँगीले जानकारी दिए ।

clock मङ्गलबार १६, साउन २०८० १४:०९

प्रतिक्रिया