बैतडीमा भत्ता बुझेर घर फर्किरहेका भण्डारी मृत भेटिए

  मङ्गलबार १६, साउन २०८० १३:२१

बैतडी । बैतडीमा भत्ता बुझेर घर फर्किरहेका वृद्ध मृत अवस्थामा फेला परेका छन् । जिल्लाको पञ्चेश्वर गाउँपालिका-६ रोडिका ७१ वर्षीय धनसिंह भण्डारी ३ र ४ नम्बर वडाको सिमाना पर्ने गोगनपानी भन्ने ठाउँमा मृत अवस्थामा फेला परेका हुन् ।

वडा नम्बर ३ कुलाउँमा रहेको नविल बैंकबाट वृद्ध भत्ता बुझेर घर फर्किरहेका भण्डारी मृत फेला परेका र उनको टाउकोमा चोट लागेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यलय बैतडीका प्रहरी निरीक्षक लोकराज जोशीको कमाण्डमा खटिएको प्रहरी टोली घटनास्थलतर्फ गइरहेको छ ।

clock मङ्गलबार १६, साउन २०८० १३:२१

प्रतिक्रिया