धनगढीको बसपार्क पछाडिको घरमा दिउँसै चोरी

  सोमबार १५, साउन २०८० १४:२६

धनगढी । धनगढीको एक घरमा दिउँसै चोरी भएको छ । आइतवार दिउँसो धनगढी उपमहानगरपालिका–४ बसपार्क पछाडि रहेको सुरेन्द्र भट्टको घरमा चोरी भएको हो ।

घरमा कोही नभएको मौका छोपी दिउँसो करीब ११ बजेदेखि दुई बजेको बिचमा उनको घरबाट साढे चार लाख रुपैयाँ र २ तोला ६ ग्राम सुन चोरी भएको प्रहरीले बताएको छ ।

उनीहरु घरको मुल ढोकामा रहेको ताला फोडेर घरभित्र पसेका थिए । उनीहरुले दराज र ताला फोड्न प्रयोग गरेको पेचकस र फलामको रड कोठाभित्रै छोडेर गएका पाइएको प्रहरीले जनाएको छ ।

clock सोमबार १५, साउन २०८० १४:२६

प्रतिक्रिया