‘आरआइटी’ विगठन गरेर चर्चा कमाएका डीआईजी बोहराले फेरी गरे नयाँ टीम गठन, डेनीको कमाण्डमा ८ जनाको टोली परीचालन

  सोमबार १५, साउन २०८० ०९:५५

धनगढी । नेपाल प्रहरीको सुदूूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) को नयाँ टिम गठन भएको छ। केहि साता पहिले  ‘आरआइटी’ विगठन गरेर चर्चा कमाएका प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भरतबहादुर बोहराले फेरी नयाँ टिम गठन गरेका हुन्।

स्रोतका अनुसार एक साताअघि मात्रै प्रहरी वरिष्ठ नायव निरीक्षक डेनी स्वारको नेतृत्वमा टिम गठन गरिएको हो । यसअघि कञ्चनपुरको बेलौरीमा होटल सञ्चालकमाथि आरआइटीमा कार्यरत प्रहरीले आक्रमण गरेको आरोप लागेपछि दरबन्दी फिर्ता गर्दै आरआइटीको टिम नै खारेज गरिएको थियो।

सो घटनापछि दरबन्दी फिर्ता गर्दै प्रदेश अनुसन्धान समूहका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक केशवराज जोशीसहितका ७ जना प्रहरीलाई सम्बन्धीत ठाउँमा रमाना गरेर पठाइएको थियो।आक्रमणको आरोप दुई जना प्रहरीमाथि मात्रै लागेकोमा टिम नै खारेज गरिएको थियो।

त्यसबेला सहायक हवलदार दिप पाण्डे र प्रहरी जवान हेमराज भट्टले कञ्चनपुरको बेलौरी बजारमा रहेको फेमली रेष्टुरेष्टका सञ्चालक सुरेशकुमार वडायकमाथि धारिलो वस्तुले प्रहार गरेको आरोप लागेको थियो।

त्यो टिम हटाइएपछि अहिले डिआइजीले नयाँ टिम ल्याएका हुन्। प्रहरी वरिष्ठ नायव निरीक्षक डेनी स्वारको नेतृत्वमा ८ जनाको नयाँ टिम गठन गरिएको स्रोतले जनाएको छ।

सो टोलीले काम पनि सुरु गरिसकेको जनाएको छ। आरआइटीले अपराध, अनुसन्धान तथा लागुऔषध दुव्र्यशनीको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको छ।

clock सोमबार १५, साउन २०८० ०९:५५

प्रतिक्रिया