कैलालीमा सवारी दुर्घटना, प्रहरी जवानको मृत्यु, एक घाइते

  सोमबार १५, साउन २०८० ०९:३१

धनगढी । कैलालीमा सवारी दुर्घटना भएको छ। गोदावरी नगरपालिका–३ को चौकीडाँडामा  ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा घाइते एक प्रहरी जवानको मृत्यु भएको हो।

आइतवार साँझ पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका–३ को चौकीडाँडामा ट्याक्टरको ठक्करबाट नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगरमा कार्यरत प्रहरी जवान कपिल कठायतको मृत्यु भएको प्रहरीले जनाएको छ। 

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार उनको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा कठायतको मृत्यु भएको हो।

उनले चलाएको सुपप्र ०१०११ प ७३२० नम्बरको मोटरसाइकललाई सुपप्र ०१ ००२ त ६४१९ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो। मोटरसाइकल पछाडि सवार अर्का जवान हेमराज ताउडाको अवस्था पनि गम्भीर रहेको छ। 

उनको माया मेट्रो अस्पतालमा आईसीयुमा राखेर उपचार भइरहेको छ। ताउडा प्रहरी तालिम केन्द्र दिपायलमा कार्यरत प्रहरी जवान हुन्। ट्याक्टर र चालकलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ।

clock सोमबार १५, साउन २०८० ०९:३१

प्रतिक्रिया